IME Life New

घोराही सिमेन्टको आईपीओमा ठूलो मात्रामा पर्यो झुटो आवेदन, सिडिएसले दियो कारबाही गर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा ठुलो संख्यामा झूटो आवेदन परेपछि सिडिएसले कारबाही गर्ने चेतावनी दिएको छ । कम्पनीले जारी गरेको सार्वजनिक निष्काशनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेको पाइएकोले सिडिएसले यस्तो चेतावनी दिएको हो ।

सिडिएसले धितोपत्र सम्बन्धि ऐन २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने जनाएको छ ।

Esewa
Crest

घोराही सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेतापनि फेरी आवेदन दिन समय थप गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको आइपीओमा यथोचित संख्यामा आवेदन प्रप्त भएता पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकाले समयअवधि थप गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS