काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्ता पुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गरेको छ। कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
त्यस्तै सभाले कम्पनीमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ ।