काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी कस्टुमर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । क्षमतावान, डायनामीक तथा नेतृत्व गर्नसक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।


















