काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर २,०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ, ग्रिन भेञ्चर, सुपर मादी हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त र मच्छियाम हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका छन् ।