IME Life New

आँखा उपचारमा ओम हस्पिटल र दृष्टि आइ केयरको सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्तरिय आँखा उपचार सेवाका लागि दृष्टि आइ केयर सिस्टमसँग सहकार्य गरेको छ । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरी सेवा विस्तार तथा स्तरोन्नतीकालागि तयार सम्झौता पत्रमा हस्ताक्षार गरेसँगै सेवा शुरु भएको हो ।

सम्झौता अनुसार २०८० साल असार १ गते शुक्रवार देखी दृष्टि आइ केयर सिस्टमका चिकित्सकहरु सहितको टोलिले सेवारम्भ समेत गरेको छ । सेवा विहान ९ बजे देखी साँझ ६ बजेसम्म उपलब्ध हुने ॐ हस्पिटलद्वारा प्रेषित समाचारमा जनाइएको छ ।

Esewa
Crest

ॐ अस्पतालमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रमेश प्रधान, जनरल अप्थाल्मोलोजिष्ट डा। शिवा उपाध्याय, पेडियाट्रिक अप्थाल्मोलोजिष्ट डा। पारस पञ्जियार लगायतका विशेषज्ञ सहित हाल उपलब्ध रहेको आँखा उपचार सेवामा गुणस्तरीय आँखा स्वास्थ्यमा निजी क्षेत्रको अग्रणि सेवा प्रदायक दृष्टि आइ केयर सिस्टमसँगको सहकार्यपछि रेटिना विशेषज्ञ डा।प्रताप कार्की, न्यूरो अप्थाल्मोलोजिष्ट डा. सन्जिता सिटौला, युभिआइटिस विशेषज्ञ डा. रञ्जु खरेल सिटौला, एन्टेरियर सेगमेन्ट तथा मोतिविन्दु विशेषज्ञ डा.सुमित महर्जन र जनरल अप्थाल्मोलोजिष्ट डा. अर्चना बुढाथोकी लगायतका विशेषज्ञ चिकित्सक समेत सामेल भएका थिए ।

सम्झौता कार्यक्रममा शुभकामना दिनुहुदै ॐ हस्पिटल संचालक समितका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा। आनन्द प्रसाद श्रेष्ठले नेपालमा निजी क्षेत्रवाट स्वास्थ्य उपचारमा तीन दशक देखि अग्रणि भूमिका निभाउँदै आएको ॐ हस्पिटलको सुलभ मूल्यमा स्तरिय उपचार सेवा प्रदान गर्दै आएको र सबै किसिमका उपचार सेवा प्रदान गर्दै आएको र आँखा उपचार सेवा पनि शुरु गरेको स्मरण गर्दै समय सापेक्ष स्तरोन्नति गर्ने योजना अनुरुप दृष्टिको सफलता र विशेषज्ञ चिकित्सकहरु सहितको अभियानमा सहकार्य गरेको जिकीर गरे । अध्यक्ष डा।श्रेष्ठले दृष्टिसँगको सहकार्यमा ॐ हस्पिटलको आँखा उपचारले नयाँ उचाइमा पुग्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

सम्झौता पछि सम्बोधन गर्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतले अस्पतालको उपचार सेवाको स्तरबृद्धि गर्ने योजना अन्तर्गत सहाकर्य सम्झौता गरिएको र यसले ॐ अस्पतालको आँखा उपचार सेवालाई थप प्रतिष्पर्धि र सुलभ बनाउने विश्वास व्यक्त गरे ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा। हरिश जोशीले दृष्टि आइ केयर सिस्टमका अनुभवि विशेषज्ञ चिकित्सकहरुको टोलिलाई अस्पतालमा स्वागत गर्नुहुँदै स्तरिय आँखा उपचारसेवाका लागि अस्पतालका तर्फवाट हरसम्भव साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

ॐ हस्पिटलले आँखा उपचार सेवाको स्तरबृद्धि र सहकार्यकालागि अवसर दिएकोमा आभार व्यक्त गर्दै दृष्टि आइ केयर सिस्टमका प्रमुख कार्यकारी अधिकृत डा। भाइराजा श्रेष्ठले दृष्टिले सबैको लागि दृष्टि सधैको लागि दृष्टि भन्ने मूल नाराका साथ आफ्नो सेवा प्रदान गर्दै आइरहेको र आँखा परिक्षण तथा उपचारमा सवैको सहज पहुँचका लागि शुल्क समेत सर्वसुलभ बनाएको बताए ।

नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा आँखा स्वास्थ्यमै क्रियाशिल व्यक्तिहरुबाट सञ्चालित दृष्टि आइ केयर सिस्टमले २०७० असोज २८ गते झापाको विर्तामोडमा मेची दृष्टि आँखा अस्पताल स्थापना गरि सेवा आरम्भ गरेको थियो ।

दृष्टिले हाल काठमाडौं कलंकीमा दृष्टि आई केयर सेन्टर र वीरगञ्जमा वीरगन्ज दृष्टि आँखा केन्द्र मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बाराको कलैया, काठमाडौको जमलमा पनि आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ । त्यसैगरी नेपालमा निजी क्षेत्रबाट सञ्चालित अग्रणि अस्पताल ॐ हस्पिटलले विसं २०४६ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ।

३७ ओटा विभिन्न विभागहरु मार्फत १०० जना भन्दा बढी विशेषज्ञ चिकित्सक, २५० जनाभन्दा बढी नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जनाभन्दा बढी कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ।

नेपाल सरकारसँग सहकार्यगरी मृगौला फेल भएका बिरामीहरुको निःशुल्क डायलाईसिस र क्यान्सरका बिरामीहरुकालागि सरकारको सुविधा सहितको विशेष उपचार कार्यक्रम र नवजात शिशु र वालबालिकाकालागि नेपाल सरकारले दिने समपूर्ण खोप कार्यक्रम समेत ॐ हस्पिटलले सञ्चालन गर्दै आइरहेको छ ।

नेपालमा सन्तानविहीन दम्पतिहरुका लागि आइभिएफ सेवा ९टेष्ट ट्युव बेबी० शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजारभन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS