काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टिकरण मागेको छ । त्रिभुवन अनतरािष्ट्रय विमानस्थलको निषेधित क्षेत्रभित्रको फेन्सीङ तारवार महानगर प्रहरीले विना जानकारी काटेको भन्दै प्राधिकरणले मेयर बालेन्द्रलाई लिखित स्पष्टिकरण मागेको हो ।
विमानस्थलभित्र निषेधित क्षेत्रमा निर्माण हुँदै गरेको कम्प्लेक्सको नक्सा पास नगरि निर्माण भएको बारे महानगरले निर्माण कार्य रोक्न समेत प्राधिकरणलाई भनेको थियो । महानगर प्रहरीले विना जानकारी उक्त क्षेत्रमा लगाइएको तारबार हटाएको भन्दै प्राधिकरणले मेयर बालेन्द्रलाई ७ दिनभित्र लिखित स्पष्टिकरणको माग गरेको हो ।
प्राधिकरणले महानगरका मेयर बालेन्द्र शाह, काठमाडौं महानगरको वडा न.९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी उपरिक्षक राजुनाथ पाण्डे सहित ३ जनालाई स्पष्टिकरण मागेको हो ।