काठमाडौं । पिपुल्स हाईड्रोपावर कम्पनीको सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट केशव प्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । उनि सहित रामशरण अधिकारी निर्वाचित भएको कम्पनीको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कम्पनीको असार ४ गते हुन गइरहेको साधारणसभामा आजै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई सञ्चालकको निर्वाचन मिति तोकिएको थियो । तोकिएको समय भित्र दर्ता हुन आएका उम्मेदवार मध्ये कृष्ण प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
भण्डारी यस भन्दा अगाडी कामना सेवा बिकास बैंकका पुर्व संचालक र महुली लघुबित्तका पुर्ब स्वतन्त्र संचालक हुन् । सानो उमेरमै सञ्चालकको यात्रा सुरु गरेका भण्डारी पूँजी बजार, वित्तीय क्षेत्र, बीमा क्षेत्रमा विशेष दख्खल राख्दछन् ।