काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्जमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एमसिएचएल रहेको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा आइतवार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।
साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल बबरमहलबाट हुने जनाएको छ । अव यस शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
1686810977968