काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव १७ अंकले बढेर २,०२० दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मुल्य बढेको छ भने २२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २७० कम्पनीको१ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयर किनबेच ह्ँदा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १७ करोड ५० लाख रुपैयााको शेयर कारोबार भएको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख लाख रुपैयाँको शेयर कारोबार भएको छ ।