IME Life New

नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार ३०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता शेयर छुटाएको थियो । कर्मचारीलाई कुल शेयर मध्ये ८० हजार १५९ कित्ता शेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्ता सहित ३६ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

Esewa
Crest

उक्त आइपीओमा करिब १० लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा ९ लाख ८३ हजार २०० आवेदनबाट १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड आईआरएन बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुति कर्तामा लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS