IME Life New

जथाभावी सामाजिक सञ्जाल प्रयोग गर्ने प्रहरीलाई विभागीय कारवाही हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जथाभावी रुपमा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रहरीलाई कारबाही गर्ने जनाएको छ । सामाजिक सञ्जालको व्यस्थित प्रयोग गर्ने गाइड लाइन विपरीत फेसबुक, टुइटर, युट्युव, टिकटक लगायतमा पोष्ट, शेयर ट्याग, कमेन्ट, लिंक शेयर टुइट र रिटुइट गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने जनाएको हो ।

प्रहरी कर्मचारीहरुले प्रहरी पोशाकको प्रयोग गरी कार्यालय, ब्यारेक, कार्यकक्ष, तालिमको गतिविधि, नाँचगान, कार्य क्षेत्रमा खटिई सम्पादन हुने गरेका गतिविधि लगायत अन्य गतिविधिको भिडियो, फोटो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य भइरहेको छ । यसप्रति सम्बन्धित आदेश श्रृङ्खलाको तल्लो प्रहरी इकाईका कार्यालय प्रमुख, इन्चार्ज समेतले विशेष चासो लिई उल्लेखित कार्यहरु नियन्त्रण गर्न आदेश दिएको हो । विभागीय आदेश, निर्देशनको बर्खिलाप गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइड लाइन विपरीतको कार्यमा संलग्न प्रहरी कर्मचारीलाई हदै सम्मको विभागीय कारवाही गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

Esewa
Crest

सुपरीवेक्षकीय कार्यालयबाट आ–आफ्नो मातहतका प्रहरी कर्मचारीबाट विभागीय आदेश, निर्देशनको परि–पालना भए नभएको समेत अनुगमन गरी कार्यान्वयनतर्फ पहल गर्न गराउन साथै प्रहरी आचरण, नेपाल प्रहरीका कमैचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ विपरीतका कार्यहरु पुनरावृति भएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत जिम्मेवार बनाई विभागीय कारवाही हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS