IME Life New

ईलाममा भिजन सेक्युरिटिजद्धारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा खुशी महल, फुलगाँच्छी, ईलाम नगरपालिका, ईलाममा  लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट केहि समय अगाडि अनुमती प्राप्त भएकाले सोहि अवसरमा ईलाम शाखा समुद्घाटन समेत गरिएको छ ।  यस प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाको सभापतित्व तथा ईलाम नगरपालिका, नगर उप–प्रमुख (उप मेयर) विष्णु कुमारी लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ईलाम नगरपालिका  वडा नं. ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, जिल्ला सहकारी संघ ईलामका कोषाध्यक्ष छवि लम्साल, नगर सहकारी समन्वय समिति इलामका अध्यक्ष छत्र वहादुर चौहान तथा उपाध्यक्ष राजेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाईटी ईलाम जिल्लाका कोषाध्यक्ष ईश्वर सुवेदी, लगानीकर्ता तथा प्रध्यापक तारा पराजुली नेपाल पत्रकार महासंघ ईलाम जिल्ला कार्य समिति सदस्य गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन यस प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले गरेका थिए ।  दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै, ईलाम जिल्लामा विजुली उत्पादनको लागि धेरै हाईड्रोपावरहरु सञ्चालनमा आएका र कतिपय स्थानिय जनताहरुले आरक्षित कोटामा पाएको शेयरहरु समेत अभौतीकरण नभएको हालको अवस्थामा सरोकारवाला निकायहरु तथा व्रोकरहरुले समेत आवश्यक प्रकृया सहित सहजिकरण गरिदिन उपमेयर विष्णु कुमारी लिम्वुले आग्रह गरे।
शेयर कोरोवार सम्वन्धी सचेतना अभिवृद्धि गराउने यस प्रकारका कार्यक्रमहरु सम्वन्धीत पक्षहरुसंग समन्वय गरि स्थानिय निकाय मार्फत वडा–वडामा कार्यक्रमहरु सञ्चालन गरिने विषयमा ईलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले आफ्नो मन्तव्य राखे ।
सहकारी लगायत अन्य संघ संस्थाहरु संग समन्वय गरि वित्तिय साक्षरताको लागि सहयोगी भुमिका निर्वाह गर्दै हालको अवस्थामा देखिएको आर्थिक विषम परिस्थितिवाट माथि उठ्नु पर्ने विषयमा जिल्ला सहकारी संघ ईलामका कोषाध्यक्ष छवि लम्सालले आफ्ना भनाईहरु राखेका थिए ।
भिजन सेक्युरिटिज् प्रा.लि.ले धितोपत्र कारोवारको विकास तथा विस्तारको लागि उपत्यका वाहिर ९ वटा तथा उपत्यका भित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखाहरु विस्तार गरि सेवा प्रवाह गर्दै आइरहेको छ । धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई धितोपत्र कारोवारमा आवद्ध गर्न र यहाँवाट उचित लाभ लिन सहयोग होस् भन्ने हेतुका साथ देशका विभिन्न स्थानहरुमा लगानिकर्ता सचेतना अभिवृद्धिको कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS