IME Life New

मर्जरमा गएका प्रभु र महालक्ष्मीका यी हुन आधारभुत ३२ शेयरधनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका आधारभुत शेयरधनीको संख्या ३२ प्रतिशत रहेको छ । प्रभु लाइफमा १७ जना आधारभुत शेयरधनी रहेका छन् भने महालक्ष्मी लाइफमा १५ जना छन् ।

मर्जर पछि महालक्ष्मी लाइफका आधारभूत शेयरधनीको स्वामित्व बढि देखिने भएको छ । हाल सम्झना अर्यालको शेयर पूँजी सबैभन्दा धेरै २१.४३ प्रतिशत छ । यता प्रभुमा सबैभन्दा धेरै शेयर पूँजी प्रभु बैकको १४.२४ प्रतिशत छ । तर प्रभु समुह अन्तर्गतका व्यक्ति तथा संस्थाहरु सबैलाई जोड्ने हो भने प्रभु समुह पनि शक्तिशाली बन्दछ ।

Esewa
Crest

हाल महालक्ष्मी लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ । प्रभुले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि भने चुक्ता पूँजी २ अर्ब ९ करोड ८० लाख पुग्नेछ । मर्जर पछि प्रभु महालक्ष्मीको चुक्ता पूँजी ४ अर्ब १९ करोड ८० लाख कायम हुनेछ ।

प्रभु लाइफका आधारभुत शेयरधनी प्रभु बैंकको १० प्रतिशत, साग्रिला डेभलपमेन्ट बैंक ८.८९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ७ प्रतिशत, प्रभु ग्रुप ५ प्रतिशत, प्रभु म्यानेजमेन्ट ३.५० प्रतिशत, प्रभु क्यापिटल २.५० प्रतिशत, विराट कुमार श्रेष्ठ १.७५ प्रतिशत, देवी प्रकाश भट्टचन १.७५ प्रतशित लगानी रहेको छ ।

महालक्ष्मी लाइफका आधारभुत शेयरधनी सम्झना अर्याल २१.४३ प्रतिशत, मेगा बैंक १४.२९ प्रतिशत, ज्योति विकास बैंक १०.७१ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंक ५.७१ प्रतिशत, शिशु अर्याल ४.२९ प्रतिशत, राजन प्रसाद सुवेदी ३.७९ प्रतिशत, एनएमबी बैंक ३.५७ प्रतिशत, मोहनलाल अग्रवाल २.८६ प्रतिशत, उमेश कुमार अग्रवाल २.१४ प्रतिशत, कृष्ण प्रसाद शर्मा १.४३ प्रतिशत, गृष्म राज भण्डारी १.४३ प्रतिशत, पृथ्वी राज भण्डारी १.४३ प्रतिशत, मनोरञ्जन रमण शर्मा १.४३ प्रतिशत र मनोज कुमारको १.०७ प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS