IME Life New

१८ वर्षमुनिका बालबालिकालाई काममा लगाए काठमाडौं महानगरले कारबाही गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाइने जनाएको छ । १४ वर्ष मुनिकालाई बालश्रममा र १८ बर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएमा कानुन बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ ।

जोखिमपूर्ण श्रमको सूचि बाहिर रहेको अन्य कामहरुमा श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक सवकास विभागलाई जानकारी गराउन महानगरले अनुरोध गरेको छ । कानून विपरित रहने गरी कसले होटल, ग्यारेज, सवारीसाधन, करखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले प्रचलित कानून बमोजिम काबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । कोहि कसैले आफ्नो घरमा वा साथमा एकाघर बाहेकको बालबालिकाहरुलाई राखेको भएमा महानगरको सामाजिक विकास विभाग, वडा कार्यालय वा महानगर एप मार्फत १५ दिनभित्र नियमअनुसार सूचिकरण हुन समेत महानगरले अह्वान गरेको छ । यदि सूचि हुन नआएको खण्डमा घरेलु बालश्रम राखेको मानि कानून अनुसार कारबाही गर्ने महानगरले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS