काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ६८ अंकले बढेर १,९३२ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६१ कम्पनीको ६५ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोडमाथिको शयर कारोबार भएको छ । आज सबैभनदा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड १३ लाख रुपैयाँको शयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।