IME Life New

भारतले राखेको नक्साबारे गम्भिर रुपमा कुरा उठाएको होः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भारत भ्रमणको क्रममा आफूले भारतले संसद भवनमा राखेको नक्साबारे गम्भिरतापूर्वक कुरा उठान गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले भारतले राखेको नक्साबारे आफूले कुरा उठान गरेको बताए । नक्सा बारे आफूले धेरै अध्ययन गरेको थिएन, तर मिडियामा आएको विषय अनुरुप नै आफूले नक्साबारे प्रश्न गरेको उनको भनाई छ ।

नयाँ संस्द भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोण प्रति कोणबाट चर्चा भएको छ भन्दै आफुले कुरा राख्दा भारतको तर्फबाट राजनैतिक नभएको र यो ऐतिहासिक, साँस्कृतिक नक्सा भएको जवाफ आएको उनले बताए । यसबारे अध्ययन गर्ने र छलफल गर्न बाँकी नै रहेको प्रधानमन्त्रीको भनाई छ । भारत भ्रमणको क्रममा यसबारे कुरा नउठेको, छलफल नभएको भन्ने कुरा साँचो नभएको समेत उनको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS