IME Life New

प्रिमियममा आइपिओ ल्याउन आइएमई लाईफले पायो स्वीकृति,१२० लाख कित्ता आउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । प्रिमियम मूल्यमा प्राथमिक शेयर (आइपिओ‍) ल्याउने आईएमई लाइफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी बन्ने भएको छ।नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रति कित्ता रु २३६.९१ का दरले कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डको वेबसाइटमा म‌ंगलबार प्रकाशित विवरण अनुसार आइएमई लाईफको आइपिओ निष्काशन प्रस्ताव स्वीकृत गरिएको छ। बाेर्डका अनुसार कूल पूँजीको ३० प्रतिशत बराबर पूँजी आइपिओ मार्फत् जुटाउनका लागी स्वीकृति प्रदान गरिएको छ । याे स्वीकृतिसँगै आइएमई लाईफले १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्न पाउने भएको छ । यो मध्ये कर्मचारीका लागी ६ लाख कित्ता सुरक्षित गरिएको छ । कर्मचारीले अ‌ंकित मूल्य अर्थात् प्रति शेयर रू. १०० मै खरिद गर्न पाउनेछन् ।

Crest

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले रु.२ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

तेश्रो त्रैमाससम्ममा  खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

आइएमई ग्रुपद्वारा प्रवर्द्धित यो कम्पनीले नेपाल बीमा प्राधिकरण(तत्कालीन बीमा समिति) बाट २०७४ सालमा सञ्चालनको स्वीकृति पाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%

खुसी

0%

दु :खी

12%

अचम्मित

12%

उत्साहित

12%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS