IME Life New

क्रोएसिया लगाएत ६ देशमा गैरआवासीय राजदूत नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई नै थप देश हेर्नका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

जिम्मेवार थप भएका राजदूतमध्ये मलेसियाका राजदूत डिल्लीराज पौडेलले ब्रुनाई दारुसलाम हेर्ने जिम्मा पाएका छन् । यसैगरी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS