काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अंकले बढेर १,९१६ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीमो मात्रै घटेको छ । आज २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ८ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।