Connect IPS
IME Life

शेयर लगानीकर्ताको आन्दोलन चर्कियो, ब्रोकर कार्यालयमा तालाबन्दी : चितवन लगायतका जिल्लामा जुलुस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर लगानीकर्ताहरुले सम्पुर्ण ब्रोकर कार्यालयमा ताला लगाएका छन् । उनिहरुले आर्थिक विधेयक तथा बजेटको विरोध गर्दै विगत चार दिनदेखी लगातार आन्दोलन गरिरहेका छन् । आर्थिक विधेयकमा भएको व्यवस्था खारेजीको माग गर्दै उनिहरुले आज ब्रोकर कार्यालयहरुलाई शेयर खरिद बिक्री बन्द गर्न चेतावनी दिएका छन् ।

चितवनमा पनि लगानीकर्ताहरु संघठित भएका छन् । चितवनमा सबैभन्दा धेरै शेयर खरिद बिक्री हुने रिमोट एक्सटेन्सन काउन्टरमा तालाबन्दी गरिएको छ । ब्रोकरका शाखा कार्यालय अगाडी नै लगानीकर्ताहरु धर्ना बसिरहेका छन् । दक्षिणकाली सेक्यरिटिजमा डा. मधुसुधन लामिछानेको नेतृत्वमा लगानीकर्ताहरु धर्ना बसेका छन् ।

Prabhu
Crest

आन्तरिक राजस्व विभागले पूँजीगत लाभकरमा रहेको साविकको व्यवस्था यथावत रहेको भन्दै स्पष्टिकरण दिए पनि उनिहरुले विधेयकमा भएको व्यवस्था नै खारेज गर्नु पर्ने माग गरेका छन् । शेयर बजारको सुधारका अभियान्ता तिलक कोइरालाको समुहले आज देशव्यापी रुपमा विरोधको कार्यक्रम आह्वान गरेको थियो ।

पूँजीबजार लगानीकर्ता संघ संघठनहरुले पनि संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस व्यवस्थामा भएको विषयलाई स्पष्ट पार्न माग गरेका छन् । संघठनको विज्ञप्ती पछि आन्तरिक राजश्व विभागले प्राकृतिक व्यक्तिले गर्ने शेयर कारोबारमा साविककै कर कायम रहेको र व्यवसायिक शेयर खरिद कर्ताका लागि मात्रै आयकर ऐन अनुसार कर भुक्तानी गर्नका लागि आह्वान गरिएको प्रष्ट पारिसकेको छ ।

लगानीकर्ताहरुले अझै पनि पूँजीगत लाभकर अन्तिम कर हो या होइन भन्ने दुविध कायमै रहेको भन्दै प्रश्न गरिरहेका छन् । उनिहरुले आजै अर्थमन्त्री डा. प्रकाश शरण महतको घर घेराउ गरेका थिए । प्रहरीले उनिहरुलाई रोके पछि अर्थमन्त्रीलाई भेट्न मन्त्रालयमै जाने उनिहरुको तयारी छ । लगानीकर्ताको आन्दोलन पछि कारोबार ठप्प भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS