IME Life New

बुलेट मोटरसाइकलको उत्पादन नेपालमै हुन थाल्याे, पहिलो चरणमा दुई माेडल ल्याइँदैछ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । बुलेट ब्राण्डको मोटरसाइकल उत्पादक कम्पनी रोयल इनफिल्डले नेपालमै मोटरसाइकल उत्पादन शुरु गरेको छ। बाराको जीतपुरमा अवस्थित उद्योगबाट  पहिलो चरणमा बुलेट क्लासिक ३५० र स्क्राम ४११ मोडलको मोटरसाइकल उत्पादन शुरु गरेको हो । रोयल इनफिल्डले भारत बाहिर ब्राजिल थाइल्याण्ड क्याम्बोडिया र अर्जेन्टिनामा यस्तो एसेम्बलिङ प्लान्ट लगाएको छ।

नेपाली लगानीकर्तासँगको स‌ंयुक्त लगानीमा स्थापित उद्योग एक लाख वर्ग फुट क्षेत्रफलमा फैलिएको छ। उद्योगबाट वार्षिक २० हजार थान मोटरसाइकल उत्पादन गर्न सक्ने क्षमता जडान गरिएको छ। मोटरसाइकल उत्पादनका लागी आवश्यक पर्ने सबै पार्टपूर्जाहरु भारतको तमिलनाडुबाट ल्याइएर वीरग‌ंजमा जडान गरी माेटरसाइकल उत्पादन गरिनेछ।

Esewa
Crest

नेपाल सरकारले माेटरसाइकलको आयातभन्दा स्थानीय स्तरमा पार्टपूर्जा जडान गरेर उत्पादन गर्दा करमा सहुलियत दिन थालेपछि धमाधम स्थानीय स्तरमै उद्योग स्थापना हुन थालेको हो । यसअघि वीरगंजमै टिभिएस र हिरो मोटर साइकलको एसेम्बली प्लान्टबाट उत्पादन समेत शुरू भइसकेको छ। यसबाहेक सुजुकी मोटरसाइकलको उत्पादनका लागी वीरग‌ंजकै विन्दवासिनीमा उद्योग स्थापनाको काम शुरु गरिसकेको छ।

रोयल इनफिल्डको प्रमुख कार्यकारी अधिकृत बी गोविन्द रन्जनले वीरगंजको पूर्ण टुक्र्याइएको उत्पादन प्लान्ट वृद्धिको उच्च संभावना भएका बजारमा लगानी गर्ने रणनीति अन्तर्गत संचालनमा ल्याइएको जानकारी दिए । रोयल इनफिल्डले बजार बिस्तार गर्नका लागी १८ बाट बिक्री केन्द्र ३५ पुर्याउने समेत उनले जानकारी दिएका छन्।

त्रिवेणी समूहले उद्योग स्थापनाका लागी गरेको प्रस्तावमा शुरुवाती पूँजी ३८ करोड रहने घोषणा उद्योग विभागमा गरेको थियो ।

नेपालमा कोरोना महामारी भन्दा पहिले वार्षिक १७ लाख मोटरसाइकल बिक्री हुँदै आएकोमा ६० प्रतिशत हिस्सा १५० सिसि क्षमताको मोटरसाइकलले ओगटेको थियो । नेपालमा मोटरसाइकलको बजार माग वार्षिक १० देखि १५ प्रतिशतले वृद्धि हुने अनुमान रोयल इनफिल्डले गरेको छ।

नेपालमा यामाहा मोटरसाइकल, होण्डा मोटरसाइकलको पनि जडान र उत्पादन कार्य निकट भविष्यमै शुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS