IME Life New

संकटग्रस्त सुपर लघुवित्तको उद्धारका लागी राष्ट्र बैंकले विज्ञसँग माग्याे आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । खराब कर्जाका कारण समस्याग्रस्त बनेको दाङको सदरमुकाम तुलसीपुरस्थित सुपर लघुवित्त वित्तीय स‌ंस्थाको उद्धारका लागी नेपाल राष्ट्र बै‌ंकले विज्ञ टाेली नियुक्त गर्ने भएको छ। राष्ट्र बै‌ंकले सार्वजनिक सूचना प्रकाशन गर्दै समस्याग्रस्त लघुवित्त संस्थाको उद्धारका लागी व्यवस्थापनको जिम्मा लिन इच्छुक विज्ञलाई प्रस्ताव पेश गर्न आह्वान गरेकाे छ।

राष्ट्र बै‌ंकका अनुसार लगानी गरेकाे कर्जा समयमै असुल उपर हुन नसक्दा संकटग्रस्त बनेको यो लघुवित्तले बचतकर्तालाई निक्षेपवापतकाे रकम भुक्तानी दिन सकेकाे छैन । बै‌ंकका अनुसार कूल कर्जा रकममध्ये गत आव २०७८।७९ को फागुन मसान्तसम्ममा ७८ प्रतिशत कर्जा खराब कर्जामा वर्गिकरण गरिएको छ। याे लघुवित्तले कर्जा लगानी गरेकाेमध्ये ४१ करोड ५१ लाख रुपैयाँभन्दा बढी कर्जाको साँवा र ब्याज असुल उपर हुन सकेकाे छैन।

Esewa
Crest

संयोजकको मासिक तलब १ लाख २५ हजार र सदस्यको तलब १ लाख ५ हजार रुपैयाँ कायम गरिएको छ। व्यवस्थापन समूहमा स‌ंयोजक समेत ३ जना रहनेछन् । संयाेजक पदका लागी बै‌ंकिङ क्षेत्रमा न्युनत्तम १० वर्ष अनुभव र सदस्य पदका लागी ५ वर्ष अनुभव तोकिएकाे छ। यसबाहेक उमेर हद ६५ वर्ष रहेको छ। ईच्छुक उम्मेदवारले निवेदनसँगै वित्तीय स‌ंस्थाको उद्धारका लागी कार्य याेजना समेत पेश गर्नुपर्नेछ। शुरुमा १ वर्षका लागी नियुक्त गरिनेमा कार्य सम्पादनकाे आधारमा ६-६ महिना करार अवधि थप गर्न सकिने सूचनामा उल्लेख छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६घ को उपदफा (३) को व्यवस्था बमोजिम राष्ट्र बै‌ंकले संकटग्रस्त लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिएर विज्ञ टाेलीमार्फत् व्यवस्थापकीय सुधारकाे कदमबाट स‌ंस्थाको वित्तीय स्वास्थ्य सुधार्ने प्रयागमा लागेकाे हाे । राष्ट्र बै‌ंकले अधिकार सम्पन्न हुने व्यवस्थापन समूहले खराब कर्जा असुलीसँगै बचतकर्ताको निक्षेप फिर्ता दिनका लागी पहल गर्नुपर्ने शर्त राखेकाे छ। यसैगरी कम्पनीको सम्पत्तिको सुरक्षा र व्यवस्थापन गर्न, स‌ंस्था विरूद्धको कानूनी मुद्दा मामिलामा प्रतिरक्षा गर्न,संस्थालाई समस्याग्रस्त अवस्थाबाट नियमित वित्तीय संस्थामा परिणत गराउन आवश्यक कार्य गर्ने । आफूलाई तोकिएको काम, कर्तव्य र अधिकारको कार्यान्वयनको स्थितिको बारेमा बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई नियमित रुपमा जानकारी गराउने र संस्थाको मासिक प्रगति विवरण नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण
विभागमा पेश गर्ने लगायतका जिम्मेवारी तोकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS