IME Life New

करको विषयमा अन्योलता हटे सँगै शेयर बजारमा सुधार, लयमा फर्किन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पूँजीगत लाभकरका विषयमा लगानीकर्ताहरुमा छाएको अन्योलता निराकरण गरे सँगै शेयर बजारमा सुधार देखिएको छ । यहि कारणले गएको दुई कारोबार दिनमा नेप्से सूचक ९४ अंकले घट्यो ।

आन्तरिक राजश्व विभागले सर्वजनिक सूचना जारी गर्दै आम लगानीकर्ता जो कहिलेकाही शेयर कारोबार गर्छन् उनिहरुका लागि पूँजीगत लाभकर यथावत रहेको स्पष्टिकरण दिएको थियो । व्यक्तिगत प्यान नम्बरबाट शेयर कारोबार गर्ने लगानीकर्ताहरुको हकमा पूँजीगत लाभकर यथावत रहेको छ ।

Esewa
Crest

यदि कसैले व्यवसायिक रुपमा शेयर कारोबार गर्दै आएका छन् भने उनिहरुले विगतका तीन आर्थिक वर्षमा राज्यलाई भुक्तानी गर्नु पर्ने कर मध्ये ५० प्रतिशत मात्रै भुक्तानी गर्न निर्देशन दिएको थियो । तर व्यवसायिक र पटके लगानीकर्ताको विषयमा राजस्व विभाग नै अन्योलमा छ । कानुनी रुपमा व्यवसायिक र पटके लगानीकर्ताको वर्गिकरण नभएको हुँदा यस विषयमा विभागले पनि केहि गर्न सक्ने अवस्था छैन ।

यहि विषयलाई लिएर लगानीकर्ताहरुले आज आन्दोलनको घोषणा समेत गर्न भ्याएका थिए । तर विभागको प्रयत्न र अर्थमन्त्री डा. प्रमाशशरण महतले यस विषयमा भ्रमित नहुन वारम्बार भन्दै आएका छन् । यहि कारणले हिजोका दुई दिनमा लगानीकर्ताले गुमाउनु पर्यो ।

आज साताको अन्तिम दिन बिहीबार भने नेप्से सूचक १६.५४ अंकले सुधार भएको छ । सूचक सँगै कारोबार रकम एक अर्ब ६५ करोडमा खुम्चिएको छ । आज १७१ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।

आज पनि प्रभु बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । लाभकरको विषयमा विवाद निराकरण भए पनि प्रिमियममा शेयर बिक्री गरेका तथा मर्जरका क्रममा प्रिमियम आर्जन गरेका कम्पनीहरुले भने अर्बौ रुपैयाँ दायित्व सिर्जना भएको छ । उनिहरुले यदि सरकारले भने अनुरुप कर तिर्ने हो भने आगामी वर्ष लाभांश दिनै सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS