IME Life New

एनआइबिएल एस क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइबिएल एस क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ। एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको हो।

यसका निम्ति एनआइबिएल एस क्यपिटलका तर्फबाट संस्थाका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

उक्त सम्झौता पश्चात एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS