IME Life New

पूँजीगत लाभकरलाई अन्तिम कर मान्न लगानीकर्ताको जोडदार माग, सरकारले अटेर गरे आन्दोलनमा उत्रने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारका लगानीकर्ता संघ संघठनले पूँजीगत लाभकरलाई नै अन्तिम कर मान्न सरकार समक्ष जोडदार माग गरेका छन् । उनिहरुले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पूँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन जोडदार माग गरेका हुन् । यदि सरकारले आफ्नो माग पुरा नगरेमा लाखौ लगानीकर्ताहरु आन्दोलनमा उत्रन बाध्य हुने धम्की दिएका छन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्य वहाक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै माग सहित चेतावनी दिएका हुन् ।

Esewa
Crest

उनिहरुले प्रेश विज्ञप्तीमा जेठ १५ गते सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ बजेट प्रति ध्यानकर्षण भएको जनाएका छन् । अर्थमन्त्रालय आन्तरिक राजश्व विभागको पत्र संख्या २०७६/७७ च.नं. १४४ मिति २०७७/३/०५ गते नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्र बमोजिम धितोपत्रको कारोबारमा हुने पूँजीगत लाभमा अग्रिम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणाली मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्रकृति व्यक्तिले आफुले पाएक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने निर्देशन गरिएको उनिहरुको भनाइ छ ।

तर सरकारले उक्त व्यवस्थानको विपरित आर्थिक विधेयकको बुँदा नं. २९ मा धितोपत्र जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था गरेको उनिहरुको तर्क छ । यसमा प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र जग्गा तथा घरजग्गा कारोबार आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबार घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने कर ५० प्रतिशत रकम सम्बत २०८० साल चैत मसान्त भित्र दाखिल गरेकोमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा व्याज मिनाहा हुनेछ भनिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको कारोबार घोषणा गरी कर भुक्तानी गर्ने भनिएको बुँदा कर विभागको मिति २०७७/३/०५ को पत्र विपरित रहेको र आजको मितसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्पत गरिएको कारोबार व्यवसायको रुपमा नरहेको उनिहरुको भनाइ छ ।  सो अनुसार कर विवरण बुझाउनु पर्ने शिर्षकमा नरहेको देखिएको हुनाले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पूँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन उनिहरुले जोडदार माग गरेका हुन् । अन्यथा शेयरबजारमा लगानी गर्ने लाखौ लगानीकर्ताहरु आन्दोलनमा उत्रन बाध्य उनिहरुले चेतावनी दिएका छन् ।

साथै अर्थमन्त्री सँग यस विषयमा हिजो र आज भइरहेको छलफल र उनिबाट सकारात्मक आश्वासन प्राप्त भएकोले सम्पुर्ण लगानीकर्ताहरुलाई यस विषय परिस्थितिमा धर्यता र सुझबुझका साथ हतोत्साहित नभई लगानी गर्न समेत उनिहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS