काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने सकारले घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमामा सम्पन्न गरिने उल्लेख गरे। पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब दुई करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा महतले जनाए ।
पूर्व पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब बजेट विनियोजन












