काठमाडौं । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड बजेट विनयोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु नौ अर्ब १३ करोड बजेट विनियोजन गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ८ अर्ब ८ करोड बजेट विनयोजन












