IME Life New

वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए।

वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए। संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यापर्यटकीय गन्तव्यका रूपमा विकास गरिने जनाइएको छ ।

Esewa
Crest

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने अर्थमन्त्री महतले बताए। यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रणलगायत कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS