काठमाडौं । सरकारले रासायनिक मलमा अनुदान दिनका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आगामी आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो । रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमानै खरिद आपुर्ति सुनिश्चित गरिनेछ । मल आपुर्ती तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइनेछ ।
रासायनिक मलमा अनुदानका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन












