IME Life New

मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न अध्यक्ष सिलवालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जरमा गएका कम्पनीहरुले उत्कृष्ट सेवा दिन आग्रह गरेका छन् । आज यूनाइटेड अजोड इन्स्योरेन्सको एकिकृत कारोबार समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न सुझाए ।

बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उनले बताए ।

Esewa
Crest

मर्जरमा गएका कम्पनीले नयाँ ढङगबाट नयाँ पोलिसी तथा नयाँ नीतिलाई लिएर काम गरे भने अरु कम्पनीहरुलाई मर्जरमा जान हौसला मिल्छ त्यसकारण मर्जरमा गएका कम्पनीले नयाँ ढङगबाट विश्वासिलो काम गर्न समेत उनले आग्रह गरे ।

उनले बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि सल्लाह दिए । अब उप्रान्त बीमा कम्पनीहरुलाई मापदण्ड पूरा नगरी शाखा खोल्ने अनुमति नदिने पनि उनले सो अवसरमा बताएका थिए । निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनको जोड छ ।

बीमा कम्पनीहरु नाफामुलक भन्दा पनि सेवा प्रदायक हुनुपर्ने उनको भनाई छ । बीमा कम्पनीहरुले नाफामात्रै हेर्ने बीमा सेवा तथा बीमितहरुको चाहाना र बीमितहरुलाई उत्कृष्ट सेवा दिइएन भने बीमा क्षेत्रको विश्वास गुम्ने बताए । सबै कम्पनीहरुले बीमितहरुलाई आकर्षित गर्ने खालका बीमा पोलिसीहरु बजारमा ल्याई बीमा क्षेत्र विश्वासिलो बनाउन समेत आग्रह गरे ।

जबसम्म कम्पनीहरुले बीमा बजारलाई विश्वासिलो बनाउँदैनन् तबसम्म बीमा क्षेत्रले उचाई लिन सक्दैन् । उनले भने धनीको मात्र बीमा गर्न खोज्ने होइन् गरिबको पनि बीमा गर्नुपर्छ सबैलाई बीमाको दायरामा ल्यानुपर्छ बरु सानो पोलिसी लिने तर दिर्धकालिन रुपमा अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS