IME Life New

भिजन सेक्युरिटिजद्धारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा मिति २०८० साल जेष्ठ १३ गते शनिवारका दिन ह्वाईटहाउस पार्टी प्यालेस, सिर्जनाचोक, पोखरा, कास्कीमा लगानीर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

शाखा कार्यालयवाट धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट केहि समय अगाडि अनुमती प्राप्त भएकाले सोहि अवसरमा विरौटा, पोखरा शाखाको औपचारिक समुद्घाटन समेत गरिएको छ ।

Esewa
Crest

यस प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाको सभापतित्व तथा गण्डकी प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्री माननीय जित प्रकाश आले मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भेञ्चर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद पन्त, कास्की उद्योग वाणिज्य संघका प्रतिनिधि सुदिप ओझा, सिएमसी कास्कीका अध्यक्ष अपिल कोईराला, राखी युवा सर्कल, कास्कीका अध्यक्ष विकास रानाभाट, वरिष्ठ लगानिकर्ता राजु पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन यस प्रा.लि.का पोखरा शाखाका ईन्चार्ज उमा देवी शर्माले गर्नुृ भएको थियो ।

दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानीगर्दा ध्यान दिनु पर्ने कुराहरु, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । कम्पनीको आधारभुत प्राविधिक विश्लेषण सम्वन्धमा भेञ्चर क्यापिटल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए ।

हाल आर्थिक मन्दीको असरले शेयर वजारलाई पनि केहि प्रभावित वनाएकोले हालको अवस्थामा सुझबुझका साथ लगानी गर्न, कम्पनीको अवस्था, वित्तिय विवरण, सञ्चालकहरु आदि विषयमा राम्रो संग जानकारी लिएर शेयर वजारमा लगानी गर्नु पर्ने विषयमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय पे्रम प्रकाश आले मगरले आफ्नो मन्तव्य रराखेका थिए ।

सिएमसी कास्कीका अध्यक्ष अपिल कोईरालाले आफ्नो आम्दानीवाट केहि अंश वचत गर्न र वचतको केहि अंश लगानी गर्न लगानीकर्ताहरुलाई सुझाए भने कास्की उद्योग वाणिज्य संघका प्रतिनिधि सुदिप ओझाले प्राईभेट सेक्टरका ठुला कम्पनीहरुलाई निश्चित मापदण्डका आधारमा दोश्रो वजारमा कारोवार हुनको लागि सुचिकृत गराई धितोपत्र कारोवारको दायरालाई फाराकिलो वनाउन आवश्यक पहल गरे ।

शेयर लगानीकर्ताहरुलाई युटुव तथा विभन्न सामाजिक सञ्जाल मार्फत आफ्ना महत्वपुर्ण सुझाव तथा सन्देशहरु दिदै वजारको विश्लेषण प्रवाह गर्दै आउनु भएका अग्रज लगानीकर्ता राजु पौडेललले बजारमा हुने अनावश्यक हल्लाको पछि नलागी संयम् भएर आवश्यक अध्ययन गरि लगानी गर्न र विभिन्न अनुभवहरुलाई आधार वनाउँदा हालको अवस्थामा ढुक्क भएर शेयरमा लगानी गर्न आव्हान गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS