Connect IPS
IME Life

बजेट अगाडी शेयर बजारलाई रातो झण्डा, नाफा बुक गर्न खोज्दा १७.३८ अंकले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजेट सार्वजनिक हुने अघिल्लो दिनमै शेयर बजारमा गिरावट देखिएको छ । जवकी केहिदिनदेखि बजेटका कारण शेयर बजारमा सुधार हुँदै आएको थियो । भोलि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण गर्दै छन् ।

बजेटमा अहिलेको संकटपुर्ण अर्थतन्त्रलाई उकास्ने किसिमका कार्यक्रमहरु आउने अपेक्षा गरिएको छ । भोलि बजेट भाषणले शेयर बजार लगायत समग्र अर्थतन्त्रका विषयका के कस्ता विषय आउछ भन्ने अन्योलताले पनि बजारमा सुधार हुन नसकेको छ । त्यस्तै बजेट निर्माण गर्ने पक्षहरुले पनि बजेटमा समेटिने विषय बस्तुमा वारेमा भित्री सूचना चुहाएका हुन सक्छन् । जसले गर्दा आज शेयर बजारमा नकारात्मक प्रभाव पर्यो ।

Prabhu
Crest

बैंकिङ प्रणालीमा तरलता बढिरहेको, व्याजदर घट्दो क्रममा रहेको, सरकार तथा नीजि क्षेत्र अर्थतन्त्रको विषयमा गम्भिर देखिएकाले पनि बजारमा सकारात्मक सन्देश प्रवाह भएको थियो । यसले गर्दा केहि दिनको अवधिमै एक सय ५० अंक भन्दा माथिको सुधार भयो । तर यो सुधार आजबाट भने ब्रेक लागेको छ ।

आइतबार नेप्से सूचक १७.३८ अकले घटेर १९४१.७४ अंकमा झरेको छ । सूचकमा गिरावट हुँदा ठुला लगानीकर्ताले नाफा बुक गरेका छन् । आज मात्रै २ अर्ब ६५ करोड रुपैयाँको खरिद बिक्री भएको छ । १७४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ४४ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ । नेप्सेको गल्तिका कारण यूनियन लाइफको शेयर मूल्य सर्वाधिक बढेको देखिएको छ । जुन कारोबार बैधानिक हुँदैन । शिवम सिमेन्टको मात्रै २१ करोड ७९ लाख रुपैयाँको खरिद बिक्री भएको छ । उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS