काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर १,९४१ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच हसँदा २ अर्ब ६३ करोड ९६ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।