प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । जसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ६ लाख इकाई भने अन्य संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।
ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।