Connect IPS
IME Life

जीवन विज्ञान काठमाडौंद्धारा अध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानव जीवनमा अध्यात्मिक शिक्षाको महत्व दर्शाउनका निमित्त जीवन विज्ञान काठमाडौंले अध्यात्मिक शिक्षा कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पुरानो बानेश्वस्थित ग्लोबल कलेजमा आयोजना गरिएको उक्त कार्यक्रममा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माको प्रवचन रहेको थियो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको जीवन विकास विशेषज्ञ एलपी भानु शर्माको प्रवचन श्रवण गर्न विभिन्न क्षेत्रमा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । जीवन विकास विशेषज्ञ शर्माले मानव जीवनमा आउने दुख, पीडा, इष्र्यालु स्वभाव र त्यसले पार्ने मानसिक, सामाजिक असरबारे छुटकारा लिने विविध पक्षबारे प्रवचन दिएका थिए । साथै, धर्मको चरित्र, महत्वबारे समेत प्रष्ट पारेका थिए । मानिसले आफूले आफैलाई मूल्याङ्कन गर्न सक्नुपर्छ, आफूभित्र रहेको विषाक्त सोचबाट टाँढा रहन सक्ने हो भने जीवनमा सन्तुष्टि मिल्ने उनले बताए । आफुलाई चिन्न सके मात्र आफूभित्रको प्रतिभा, आफूभित्रको क्षमता चिन्न सकिने भएको हुँदा जीवन विज्ञानको माध्यमबाट आफूलाई चिन्न समेत उनले आग्रह गरे । साथै अध्यात्मबारे नेपाल लगात अन्य मुलुकहरुमा समेत जीवन विज्ञानले राम्रो प्रभाव पारेको उनले बताए ।

Prabhu
Crest

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको नेपाली काँग्रेसका नेता एव प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले जीवनमा जीवन विज्ञानले महत्वपूर्ण भूमिका गर्ने बताए । आफूले आफैलाई मूल्याङ्कन गर्ने भएको हुँदा आफूले सहि वा गलत गरिरहेको भन्ने बारे समेत थाहा पाउने भएको हुँदा यो प्रभावकारी रहेको उनले बताए । हाल नेपालीहरुमा धैर्यताबको कमी रहेको, हरेक काममा तत्कालै नतिजा खोज्ने बानि रहेकोले असन्तुष्टतातर्फ उन्मुख भएको बताए । आफू जनप्रतिनिधि भएकोले चुवानको समयमा मात्र प्रचारप्रसारमा उत्रिने र त्यसपश्चात पाँच वर्ष वा तोकिएको समयसम्म जनताको सेवामा खटिने गरेको उनले बताए । हामीले समय अनुसार धैर्यताका साथ लागि परेमा प्रतिफल आउने बताए ।
कार्यक्रममा विशेष अतिथि तथा अतिथिको रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । जसमध्ये आइजीआई प्रुडेन्सियलका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी, संसद सुरज लामिछाने, प्रतिनिभिसभा सदस्य नारायणी शर्मा, पत्रकार टिकाराम यात्री, काठमाडौं जिल्ला वडा न.३१ का वडाध्यक्ष सरोज ढकाल लगाएतका वडाध्यक्षहरु, जीवन विज्ञानका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS