IME Life New

एक इन्स्योरेन्स सहित नेप्सेमा ९ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्जमा ९ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । यी कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् । नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशतको दरले हुन आउने कुल १३ लाख २६ हजार ६१४ कित्ता शेयर सूचिकृत भएको हो ।

नेप्सेमा इन्फिनिटी लघुवित्तको २० प्रतिशतको दरले कुल ८ लाख २९ हजार २६ कित्ता ,नेरुडे लघुवित्तको २२ प्रतिशत दरका १३ लाख २० हजार कित्ता, छिमेक लघुवित्तको २२ प्रतिशत दरका ५१ लाख १३ हजार २० कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत दरका कुल ५ लाख ७६ हजार ८१ कित्ता, र सबैको लघुवित्तको १८ प्रतिशत दरका कुल ४ लाख ८६ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

Esewa
Crest

त्यसैगरी यूनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशतको दरले कुल ८ लाख ५ हजार कित्ता, मितेरी डेभलपमेन्ट बैंकको १२ दशमलव ३५ प्रतिशतको दरले हुन आउने कुल ११ लाख १५ हजार ७३३ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशतको दरले हुने २५ लाख ६९ हजार २२० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS