IME Life New

एशियन हाइड्रोपावरले बोलायो चौथो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन हाइड्रोपावरले चौथो वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने भएको छ । उक्त सभा बिहान ११ बजे द ईन्ट्रान्स क्याफे, ललितपुरमा गर्ने भएको हो । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको हाल कायम रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धी थप विशेष प्रस्ताव पारित गर्ने, कम्पनीको नियमावलीको नियम १७ मा आवश्यक संशोधन गर्ने, कम्पनीको नियमावलीको नियम २७(२) मा आवश्यक संशोधन गर्ने, कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्नेछ ।

सभाले उक्त प्रस्तावित संशोधनमा नियमाकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको संशोधित नियमावली बमोजिम “ख” समूहका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS