काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४९ अंकले बढेर १,८५९ दशमलव १२ को विन्दुमा कायम भएको छ । आज १३१ कम्पनीको शेयर मुल्य बढेको छ भने ८३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेशनल लाइफको ७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।