IME Life New

सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए । सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो रहेको बताए ।

Esewa
Crest

उनले सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बता ।

प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS