काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले बढेर १,९४२ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनकिो शेयर मुल्य बढेको छ भने २ कम्पनकिो मात्रै शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्था, अप्तड लघुवित्त वित्तीय संस्था, आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुविजत्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।