Connect IPS
IME Life

लगानीकर्ताको मानसिकता अस्थिर हुँदा शेयर बजारमा तिव्र उचारचढाव, ८.१० अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको मानसिकता अस्थिर हुँदा शेयर बजारमा तिव्र उतारचढाव देखिदै आएको छ । बजारले बढ्ने संकेत दिए पनि वास्तविकतामा भने बढ्न सकिरहेको छैन । प्राविधिक विश्लेषकहरुले शेयर बजारको आधार बलियो भएको र अवको यात्रा २२ सय अंक तर्फ रहेको विश्लेषण गरे पनि सुधार हुने छाटकाट देखिदैन ।

लगानीकर्ताहरु अझै पनि बजेट र मौद्रिक नीतिको पर्खाइमा छन् । यदि मौद्रिक नीति र बजेटले अपेक्षाकृत रुपमा अर्थतन्त्रालाई सुधार गराउने देखियो भने बजारले गति लिने विश्लेषकहरु बताउछन् । तर बजेटले अहिलेको आर्थिक मन्दीलाई समेट्न सकेन भने तत्काल बजार सुधार नहुने बजार विश्लेषकहरुको राय छ । यसले गर्दा पनि लगानीकर्ताहरु बजार सुधार भन्दा पनि नीतिगत व्यवस्थाहरु कस्तो आउछ भनेर पर्खिरहेका छन् ।

Prabhu
Crest

शेयर बजारलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने बैंक व्याजदर घट्दो क्रममा छ । बैंकहरुमा विस्तारै तरलता बढिरहेको छ ।  बैंकहरुले लगानीकर्ताहरुलाई शेयरधितोकर्जा प्रवाह गर्न थालिसकेका छन् । बजार मूल्य घटेको मौकामा बैंकहरुले शेयरधितोकर्जा प्रवाह गर्न थालेका हुन् ।

यहि कारणले पनि शेयर बजार दिन दिनै झिनो अंकले सुधार हुने क्रममा छ । यसै क्रममा आज सोमबार पनि नेप्से सूचक ८.१० अंकले सुधार भएको छ । सोमबार नेप्से सूचक १८९१.३१ अंकमा बन्द भएको छ । कारोबार रकम एक अर्ब २७ करोडमा झरेको छ । आइतबारको तुलनामा आज कारोबार रकममा गिरावट आएको हो ।

आज १३३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ७८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज पनि सर्वाधिक धेरै शिवम सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको खरिद बिक्री भएको छ । बाणिज्य बैंक र व्यापार बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS