IME Life New

बाग्मती प्रदेश मन्त्रिपरिषदले पायो पूर्णता, नव नियुक्त मन्त्रीले लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाग्मती प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ । प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रीपरिषद विस्तार गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो । मुख्यमन्त्री कट्टेलले १२ सदस्यीय मन्त्रीपरिषद गठन गरेसँगै नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै पद तथा गोपयिताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री जमकटेलले नियुक्तगरेका १२ मन्त्रीमध्ये नेपाली काँग्रेसका रामकृष्ण चित्रकारले विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा बहादुर सिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् भने गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानून मन्त्रालय कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकास र तिर्थ बहादुर लामा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा नियुक्त भएका छन् ।

Esewa
Crest

यसैगरी, डा.राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास, लक्ष्मण लम्साल श्रम,रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जन पर्यटन,उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिन खड्का भने वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका छन् ।

नियुक्त भएका मन्त्रीहरुमा नेपाली काँग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकिकृत समाजवादीबाट २ जना रहेका छन् ।

b

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS