काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारकै कारण नेपालमा आर्थिक संकट आइपरेको बताएका छन् । नीति तथा कार्यक्रमको समिक्षामा आफ्नो भनाई राख्दै ओलीले यस्तो बताएका हुन् ।
आफू प्रधानन्त्री हुँदा नेपालको आर्थिक बृद्धिदरमा उल्लेख्य प्रगती भएको उनले बताए । तर,विश्वको तिव्र आर्थिक बृद्धि गर्ने देशमा परेको नेपाललाई दुई वर्षमै नाग पासा खेलेझै गठबन्धन सरकारले ९९ बाट २ नम्बरमा झारेको उनले बताए । यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुच्निे तथ्याङ्क भएपनि त्यो पनि सम्भव नभएको ओलीको भनाई छ । अर्थतन्त्रलाई ओरालो लगाउन गठबन्धन बनाएको हो भन्दै प्रश्न गरेका थिए ।
निति तथा कार्यक्रमले लोकतन्त्र सुदृढ अर्थपूर्ण, जीवन पद्धतीको रुपमा विकास गर्ने, लोकतनत्रप्रति आस्था र विश्वासिलो बनाउने फ्रेमवर्क बनाउनुपर्नेमा त्यो नभएको समेत उनले बताए । तीनै तहको निर्वाचनमा हदैसम्मको अराजकता अशान्ति ठगी र जाल साझी भएको उनले भनाई छ ।