काठमाडौं । सामुदायिक अस्पतालमा विहान ८ देखि बेलुकी ८ बजेसम्म अनिवार्य वहिरंग सेवा संचालन हुने भएको छ । आज संसदमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
संक्रामिक तथा नसर्ने रोगको उपचारकालागि विशेष कार्यक्रम संचालन गरिने जनाएको छ । दुर्गम क्षेत्रमा उपचार नपाएकै कारण अल्पायुमै मृत्यु हुने क्रम रोक्न अति दुर्गम सुदुरपश्चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा प्रत्येक दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । केन्द्रिकृत डाटाबेस सहितको एयर एम्बुलेन्स प्रदान गर्ने भएको हो । जनशक्ति, औषधि र उपकरण सेवा प्रवाहको गुणस्तर, समयअवधि, व्यवस्थापन र सरसफाइको आधारमा सामुदायिक अस्पतालको मूल्याङ्कन गरिने भएको छ ।
सामुदायिक अस्पतालमा विहान ८ देखि बेलुकी ८ बजेसम्म वहिरंग सेवा संचालन हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_2-12.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)