Connect IPS
IME Life

बीमा क्षेत्रले बाहिरी देखाउने तामझाम भन्दा पनि भरपर्दो र विश्वासिलो सेवा दिनुपर्छःअर्थमन्त्री डा.महत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिरी देखाउने तामझाम भन्दा पनि भरपर्दो भएर काम गर्न बीमा क्षेत्रलाई आग्रह गरेका छन् । उनले बीमा प्राधिरणको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बाहिरी सजिसजावटमा भन्दा पनि आफ्नो व्यवसायलाई भरपर्दो बनाउनका लागि आग्रह गरेका हुन् ।

बीमा कम्पनीहरुलाई नियमन गर्ने निकाय बीमा प्राधिकरणले पनि आफ्नो जिम्मेवारीलाई के सही के गलत भनेर अवलोकन गर्न सक्नुपर्छ । उनले भने प्राधिरणले पनि ५५ औं वार्षिकोत्सव मनाइरहदा बीमा क्षेत्रमा भएका गतिविधीहरुमा केके कमजोरी भए, केके गर्न सकियो, के गर्न सकिएन भनेर मुल्याङकन गर्नुपर्छ । आफु नियामक निकाय भएर आफुले व्यवसायिक हैसियत छ की छैन त्यसको समेत अबलोकन गर्ने पर्ने उनको भनाइ छ ।

Prabhu
Crest

उनले भने बीमा क्षेत्रमा अझै पनि विस्वासको वातावरण रहेको पाइदेन् । बीमा क्षेत्रमा विश्वासनियता बढाउनुपर्छ । नेपाल जस्तो देशमा कति वटा बीमा कम्पनी हुनुपर्छ त्यसलाई ध्यानमा राखेर नियामक निकाय अगाडी बढ्नुपर्छ । बीमा व्यवसायलाई स्वस्थ रुपमा अगाडी बढाउनुपर्छ ।
उनले भने बीमा क्षेत्रको विस्तार र व्यवसायमा बीमा प्राधिरकणको पनि महत्वपुर्ण भुमिका रहेको हुन्छ । त्यसकारण बीमा प्राधिकरणले आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यानमा राखेर काम गर्नुपर्छ । बीमा भन्ने वित्तिकै सुरक्षा हो । यस हिसावले पनि बीमा व्यवसायलाई दिगो र विश्वासिलो बनाउनुपर्छ । उनले थपे आम जनमानिसको आवश्यक्ता र चाहानाको हिसावमा बीमा कम्पनीहरु अगाडी बढ्नुपर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS