IME Life New

जीवन बीमा कम्पनीको मुनाफा ७९ प्रतिशतले बढ्यो, प्रोभिजनिङ हट्दा कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीको मुनाफा ७९ प्रतिशतले बढेको छ । अपरिष्कृति त्रैमाशिक प्रतिवेदन अनुसार जीवन बीमा कम्पनीहरुले कुल तीन अर्ब ७६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले २ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेका थिए ।

गत वर्षको यहि अवधिमा शेयर बजार ह्वात्तै तल झर्दा बीमा कम्पनीहरुले लगानी गरेका सूचिकृत कम्पनीको शेयर मूल्य लागत भन्दा पनि तल झरे पछि प्रोभिजनिङ गर्नु परेको थियो । प्रोभिजनिङको कारण मुनाफा घटे पनि यस वर्ष भने बीमा कम्पनीहरुले घाटामा शेयर बिक्री गर्नेदेखि लिएर एभरेजिङ गर्न भ्याएका छन् ।

Esewa
Crest

गएको वर्ष बैंक वित्तीय संस्थाको व्याजदर पनि उच्च थियो । उच्च व्याजदरको फाइदा उठाउदै बीमा कम्पनीहरुले अधिकतम दरमा लामो अवधिको निक्षेप संकलन गरेकाले पनि मुनाफा बढेको हो । यसैक्रममा चैत मसान्तसम्ममा सर्वाधिक धेरै सूर्यज्योति लाइफले ५३ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

साविक सूर्या लाइफ र ज्योति लाइफ मिलेर सूर्यज्योति लाइफ बनेका थिए । गत वर्षको यहि अवधिमा दुई कम्पनीले आर्जन गरेको मुनाफालाई जोडेर तुलना गर्दा ५० प्रतिशतले बढेको छ ।

दोस्रो धेरै मुनाफा नेपाल लाइफको छ । नेपाल लाइफले समिक्षा अवधिमा ४६ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गएको वर्षमा प्रोभिजनिङका कारण १९ करोड ९५ लाख रुपैयाँ नोक्सान देखिएको थियो । कम्पनीले शेयर बजारमा करोडौं रुपैयाँ गुमाउन पुगेको थियो । अहिले पनि एभरेजिङ र बिक्री गर्दै प्रोभिजनिङ गर्न नपर्ने बनाएको छ ।

तेस्रो धेरै मुनाफा सन नेपाल लाइफको रहेको छ । म्यादी जीवन बीमामा मात्रै केन्द्रित सन नेपाल लाइफले समिक्षा अवधिमा ४४ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिम १४ करोड ३६ लाख रुपैयाँ थियो ।

चौथो धेरै मुनाफा नेशनल लाइफको देखिएको छ । नेशनलले १६.१६ प्रतिशतले मुनाफा बढाउदै २९ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । रिलायबल नेपालले ३५ प्रतिशतले बढाएर २८ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ ।

अन्य कम्पनीहरु क्रमश मेट लाइफले २३ प्रतिशतले बढाएर २२ करोड ३३ लाख, प्राइम लाइफले १०.८० प्रतिशतले बढाएर २१ करोड, एशियन लाइफले ५.८० प्रतिशतले बढाएर १८ करोड ४० लाख, आइएमई लाइफले १८ करोड २४ लाख, गुराँस लाइफले १६ करोड १२ लाख, सानिमा रिलायन्स लाइफले १६ करोड १० लाख, सिटिजन लाइफले १५ करोड एक लाख, प्रभु लाइफले १३ करोड २३ लाख, यूनियन लाइफले १२ करोड ९५ लाख, एलआइसी नेपालले ८ करोड ३७ लाख, महालक्ष्मी लाइफले ८ करोड ३२ लाख, राष्ट्रिय बीमा संस्थानले एक करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बीमा कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणको मुनाफा एक्चुरियल मूल्याङ्कन पछि परिवर्तन हुन्छ । कम्पनीहरुले जीवन बीमा कोष मार्फतको आम्दानीलाई मुनाफामा देखाउन पाएका हुँदैन । एक्चुरिले मूल्याङ्कन गरे पछि मात्रै केहि रकम मुनाफामा देखाउन पाउने व्यवस्था रहेको छ । यसले गर्दा जीवन बीमा कम्पनीको मुनाफा एक्चुरियल मूल्याङ्कन गरेर लेखापरीक्षण प्रतिवेदन सम्पन्न भए पछि मात्रै एकिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS