IME Life New

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । प्राधिकरणको प्रादेशिक कार्यालय कर्णाली प्रदेशले नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसर पारेरे विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।
यस अवसरमा कर्णाली प्रदेशले ब्यानर बाचन एवम विरुवा बृक्षारोपन, बीमा सम्बन्धी गि तथा नाचगान, फुटसल, हाजिरीजवाफ प्रतियोगिता ,प्रभातफेरी लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

उक्त कार्यक्रमको सभापति नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख पदम सोडारी, प्रमुख अतिथी कर्णाली प्रदेश सरकार मुख्यमन्त्री राज कुमार शर्मा, विशिष्ट अतिथी उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही, अतिथीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटा, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालय प्रमुख बाबुराम कोइराला, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई विरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख पुष्पराज पौडेल, निप्स जीवनतर्फ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद अधिकारी, निप्स निर्जीवन तर्फ कर्णाली प्रदेशका अध्यक्ष योगेन्द्र बहादुर कार्की तथा स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश संयोजक तथा जिल्ला संयोजक, बीमाका शाखा तथा उप शाखा कार्यालय प्रमुख, सर्भेयर अभिकर्ता बीमा कम्पनीका कर्मचारी लगायतको उपस्थिी रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका सहायक निर्देशक विनोद भुसालले स्वागत मन्तव्य राखेका थिए । निप्स जीवनतर्फ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद अधिकारी, निप्स निर्जीवन तर्फ कर्णाली प्रदेशका अध्यक्ष योगेन्द्र बहादुर कार्की तथा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालय प्रमुख बाबुराम कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा आयोजना गरिएको फुटसल उप विजेतालाई ट्रफी, मेडल र प्रमानपत्र, फुटसल विजेतालाई ट्रफी, मेडल र प्रमानपत्र दिइएको थियो । उक्त अवसरमा अतिथी उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही र अतिथीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितिय,तृतिय र सान्त्वना हुनेलाई मेडल र प्रमानपत्र दिइएको थियो । सो अवसरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख पदम सोडारीले शुभकामना मन्तव्य दिएका थिए । साथै, कार्यक्रममा मायाको चिनोे समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS