काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेप्शे परिसूचक १६ दशमलव ९६ ले घटेर १८२१ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ५ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पानीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७२७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको शेयर ३.९३ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २ हजार ९० रुपैयाँ कायम भएको छ । आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर ३.८६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मुल्य ७२७ रुपैयाँ कायम भएको छ ।