काठमाडौ । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९६ अंकले घटेर १,८२१ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता शेयर किनबेच हुँदा ९० करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज लगानी कोषको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।