IME Life New

मोदी इनर्जीको आइपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । उक्त आइपीओ बैशाख ३१ गते बिहान ९ः३० बजे बाँडफाँड गर्ने तयारी गरेको बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिमसम्म करिब १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन साँझ ५ः०२ बजे सम्ममा १२ लाख ८६ हजार ६२३ आवेदकबाट १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख १२ हजार ९८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

Esewa
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरी बैशाख १९ गतेदेखि जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा विक्री गरेको थियो ।

सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता शेयर थप गरी कुल ५९ लाख ९५ हजार ४२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। उक्त आइपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS